आजभन्दा भन्दा ११ वर्ष अघि अर्थात सन् २०११ मा तपाईंलाई लगानीका लागि ५० ग्राम सुन, शेयर बजारका राम्रा कम्पनीमा ५ हजार डलर बराबरको शेयर अथवा रोलेक्स सबमरिनर मध्ये कुनै एक रोज्न दिएको भए के गर्नु हुन्थ्यो ?
पक्कै पनि ५० ग्राम सुन अथवा पाँच हजार डलर बराबरको शेयर नै तपाईँको प्राथामिकतामा पर्थ्यो होला । तर, तपाईँको त्यस्तो निर्णय गतल सावित हुने थियो । किन भने रोलेक्स सबमरिनरमा गरिएको लगानी त्यसबेलाको सुन र शेयरको तुलनमा बढी फलदायक देखिएको छ ।
बब्स वाचले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार आज रोलेक्सको रिसेल भ्यालु सुन तथा शेयरको भन्दा निकै उच्च रहेको छ । बब्सले पछिल्ला केही दशकमा यस्तै पुराना घडी खरिद गर्ने र त्यसलाई पुनः बिक्री गर्ने काम गर्दै आएको छ ।
यो क्रममा कम्पनीले रोलेक्सका सयौँ घडी खरिद बिक्री गरिसकेको छ । यो अनुभवले कम्पनीलाई रोलेक्सका हरेक मोडेलको मूल्य कतिसम्म पर्छ भन्ने भित्री जानकारी मिलेको छ ।
‘आज हामीमात्रै त्यस्तो एकमात्रै कम्पनी हौँ, जोसँग विगत १० वर्ष देखिको डेटा छ,’ बब्सका प्रमुख कार्यकारी निर्देशक पउल अल्टिरी भन्छन् । रोलेक्सले हरेक वर्ष आठ लाख गोटा घडी निर्माण गर्दै आएको छ ।
तर, यो घडीले पाएको चर्चाका कारण बजारमा यसको माग अत्यधिक छ । जसको प्रतिफल घडीको मूल्य पनि अकासिएको छ । यस्तोमा रोलेक्समा गरिएको लगानीले आज निकै ठूलो प्रतिफल ग्राहकलाई प्रदान गरिरहेको छ ।
अझ पछिल्लो पाँच वर्षमा यसमा भएको लगानी निकै राम्रो भएको छ । सन् २०१७ बाट रोलेक्सको बिक्री अझ धेरै मात्रामा बढेको छ । सन् २०२० बाट झनै त्यो अकासिएको छ ।
यतिबेला रोलेक्सको औसत मूल्य १३ हजार डलर (करिब साढे १५ लाख) पुगेको छ । जुन सन् २०११ को तुलनमा झन्डै तीन गुणा बढी हो । त्यति बेला शेयर बजारका राम्रा कम्पनीको शेयरमा गरिएको लगानी र रोलेक्समा गरिएको लगानीको प्रतिफललाई हेर्ने हो भने शेयर केही नजिक छ ।
यसको अर्थ यसमा पनि निकै अन्तर छ । अझ सुन र घरजग्गामा गरिएको लगानीको तुलनमा हेर्ने हो भने रोलेक्स निकै अघि छ । टेकपाना