रामकृष्ण ढकालको स्वरमा ‘ए पहरी फूल’ सार्वजनिक-Sutra News

रामकृष्ण ढकालको स्वरमा ‘ए पहरी फूल’ सार्वजनिक

सोमबार, ९ फाल्गुन २०७८

सोमबार, ९ फाल्गुन २०७८

लोकप्रिय गायक रामकृष्ण ढकालको ‘ए पहरी फूल’को भिडियो सार्वजनिक गरिएको छ । गिता गिरी शेरचनको शब्द शृजना रहेको गीतमा राजु सिंहको संगीत रहेको छ ।



एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो पुस्ताकी लोकप्रिय नायिका तथा मोडल अनु शाह र नरेन खड्काको बेजोड अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा हुने प्रेमलाई निर्देशक लिगेश लिलाधर भट्टराईले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

सुनिता बस्नेतको कोरियोग्राफी रहेको भिडियोको कलर राजेश कुमारको रहेको छ भने भिडियाको छायांकन नवराज घिमिरेले गरेका हुन् ।

भिडियोलाई वसन्त घिमिरेले निर्माण गरेका हुन् । निर्देशक लिगेशकै सम्पादन, गीतको कथा, स्क्रिन प्ले रहेको छ ।

भिडियो ग्रेट एबिजीबाट बजारमा ल्याइएको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट