नेपालमा स्त्री रोगसम्बन्धी उपचार दूरबिनबाटै संभव भइसक्योः स्त्रीरोग विशेषज्ञ डा रंगीना-Sutra News

नेपालमा स्त्री रोगसम्बन्धी उपचार दूरबिनबाटै संभव भइसक्योः स्त्रीरोग विशेषज्ञ डा रंगीना

सोमबार, ९ फाल्गुन २०७८

सोमबार, ९ फाल्गुन २०७८

नेपालमा दुरबिनको माध्यमबाट रोग पत्ता लगाउन सकिँदैन भन्ने कुरा मिथक र गलत बुझाइ रहेको डा. रंगीना लाइकाङ्गबमले बताएकी छिन् । उनले नेपालमा ल्याप्रोस्कोपिक वा ठूला ट्यूमरहरू दुरिबिनको माध्यमबाट गर्न सकिँदैन भन्ने भ्रम समाजमा फैलिएको बताइन् ।



नेपाली समाजमा यस्तो भ्रम फैलिएर उपचारका लागि विदेशिने क्रम बढेको डा. लाइकाङ्गबमले उल्लेख गरिन् । स्त्री रोग सम्बन्धि उपचार अन्तराष्ट्रियस्तरको सेवा नेपालका हरेक अस्तपालले दिने हुँदा महङ्गो खर्च गरेर विदेश जानुभन्दा स्वदेशमै सस्तो उपचार हुन्छ भन्ने जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिइन् ।

उनका अनुसार स्त्री रोगको उपचार दूरबिनबाट नेपालमानै संभव छ । डा. लाइकाङ्गबमले नेपालमा उपचार कति सम्भव छ भनेर थाहै नपाई नेपालीहरु उपचारको लागि विदेश जाने गरेको बताइन् ।

दुरबिन सर्जरी भन्दा ओपन सर्जरी राम्रो हुने भनेर गलत हल्ला फैलिएकोमा उनले दुखेसो पोखिन् । दुरबिन शल्यक्रिया राम्रो हो र सबै ट्युमर दुरबिन मार्फत हटाउन सकिने उनले जानकारी दिइन् ।

शल्यक्रिया गर्दा कहिलेकाहीँ टुक्राहरू छोडिन्छन् भन्ने गलत जानकारीहरू समाज मा फैलिने गरेकोले समस्या हुने उनले बताइन् । डा. लाइकाङ्गबमले नेपालमा ल्याप्रोस्कोपिक वा ठूला ट्यूमरहरू दुरिबिनको माध्यमबाट हेर्न सकिँदैन भनेर नेपाली समाजमा भ्रम फैलिएको बताएकी छिन् ।

केहि दिनअघि डा. लाइकाङ्गबमकै नेतृत्वमा काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा म्याग्दी जिल्ला घर भएकी २० वर्षीय प्रतिक्षा केसीको दूरबिन प्रविधिबाट युटेरस फाइब्रोइड ट्युमरको सफल शल्यक्रिया सम्पन्न भएको थियो । ती युवतीको १० सेन्टिमिटर लामो युटेरस फाइब्रोइड ट्युमरको शल्यक्रिया सफल रुपमा गरिएको डा. लाइकाङ्गबम बताउँछिन् ।

डा. लाइकाङ्गबमका अनुसार दुरबिन शल्यक्रिया राम्रो हो र सबै टयुमर दुरबिन मार्फत हटाउन सकिँदैन भन्ने भ्रम फैलिएको छ । उनले आफु स्त्रीरोग विशेषज्ञ भएको नाताले सम्पूर्ण नेपाली महिला यस प्रति सचेत रहन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट