चलचित्र ‘हनी बनी’मा अनमोललाई साराको साथ-Sutra News

चलचित्र ‘हनी बनी’मा अनमोललाई साराको साथ

मंगलबार, १० फाल्गुन २०७८

मंगलबार, १० फाल्गुन २०७८

नेपाली कथानक चलचित्र ‘हनी बनी’को मुख्य अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । दीवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो ।



सिनेमाको मुख्य भुमिकामा अभिनेता अनमोल केसी र अर्का अभिनेता सलोन बस्नेत केहीदिन अघि नै फाइनल भैसकेका छन् । मार्चबाट फ्लोरमा जाने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ । धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको सिनेमामा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम र सनिस खकुरेल छन्, भने सिनेमामा अजित सिंह सह-निर्माताको रुपमा रहनेछन् ।

यही टिमले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट