लागुऔषध मुद्दामा पक्राउ परेको र्यापर लाहुरे धरौटीमा रिहा-Sutra News

लागुऔषध मुद्दामा पक्राउ परेको र्यापर लाहुरे धरौटीमा रिहा

मंगलबार, १० फाल्गुन २०७८

मंगलबार, १० फाल्गुन २०७८

लागुऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना ‘लाहुरे’ धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतको आदेशबाट ५० हजार धरौटीमा लाहुरे रिहा भएका हुन् ।



न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको लाहुरेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

लाहुरेसँगै पक्राउ परेका अन्य तीन जनालाई भने पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

अदालतले लागूऔषध मुद्दामा पोखरा महानगरपालिका- २१ का ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका- ७ का ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका-८ सभागृहकी २२ वर्षीया सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट