युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डद्वारा रुसबाट राजदूत फिर्ता-Sutra News

युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डद्वारा रुसबाट राजदूत फिर्ता

बुधबार, ११ फाल्गुन २०७८

बुधबार, ११ फाल्गुन २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरुलाई बोलाएर आफ्नो विरोध जनाएका छन् ।



अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगि नसकेको, तर अन्य देशहरुका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निष्कासन गर्नु सबैभन्दा गम्भीर विदेशी कूटनीतिक कदमहरुमध्ये एक हो ।

राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा बिखण्डनकारीको नियन्त्रणमा रहेको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएपछि पश्चिमेली देशहरु रुससँग क्रुद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट