बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने-Sutra News

बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

बुधबार, ११ फाल्गुन २०७८

बुधबार, ११ फाल्गुन २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् । यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोँ सँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रुपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो ।



राष्ट्रपति बाइडेन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको राष्ट्रपति कार्यलय ह्वाईट हाउसले जनाएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टिनो ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् ।

यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट