बलत्कारको उजुरी दर्ता भएपछि अभिनेता पल शाहले गरे अडियो रेकर्ड सार्वजनिक-Sutra News

बलत्कारको उजुरी दर्ता भएपछि अभिनेता पल शाहले गरे अडियो रेकर्ड सार्वजनिक

बिहिबार, १२ फाल्गुन २०७८

बिहिबार, १२ फाल्गुन २०७८

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।



उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखि निकाली सक्नु भएको होला र गाली गलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।

शाहले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान् रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोला । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ती गायिकालाई प्रयोग गरेर साथी दुर्गेश थापा, ठूल्दाई सरोज ओली, भाई कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढङ्गले षड्यन्त्र गरेर आफुलाई फसाउन खोजेको पलले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट