ओमानले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य -Sutra News

ओमानले नेपाललाई दियो ८८ रनको सामान्य लक्ष्य 

बिहिबार, १२ फाल्गुन २०७८

बिहिबार, १२ फाल्गुन २०७८

ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पार्‍याे ।



ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक २१ रन बनाएर । आयन खान १६ रन र नासिम खुसी १५ रन जोडेर पभेलियन फकिँदा
नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १३ रन खचिँदै सर्वाधिक तीन विकेट लिए । कमल ऐरी, आरिफ शेख, अविनास बोहरा, सागर ढकालले समान एक विकेट लिए ।

छनोटअन्तर्गत सेमिफाइनलमा पराजित भएपछि दुबै टोलीको अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको थियो । त्यसअघि नेपाल समूह ‘बी’ को विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइलनमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा जित निकालेसँगै यूएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् । यी दुईले आजै उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट