‘म यस्तो गीत गाउँछु-२’ सँग भिड्दै साउथ इन्डियन फिल्म ‘भलिमाई’-Sutra News

‘म यस्तो गीत गाउँछु-२’ सँग भिड्दै साउथ इन्डियन फिल्म ‘भलिमाई’

बिहिबार, १२ फाल्गुन २०७८

बिहिबार, १२ फाल्गुन २०७८

पल शाह र पुजा शर्माको अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ तामिल सुपरस्टार अजित कुमार अभिनित ‘भालिमाई’ सँग प्रतिष्पर्धा गर्ने भएको छ। दुबै फिल्म शुक्रबार रिलिज हुँदैछ।



शुक्रबार नेपालमा यी दुबै फिल्मसँगै हिन्दी फिल्म ‘गंगुबाई’ पनि रिलिज हुँदैछ। पछिल्लो समय नेपालमा हिन्दी फिल्मभन्दा साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ।

कोरोनाको तेस्रो लहरपछि बन्द भएको हल बल्ल खुलेको छ। हलमा दर्शक फर्काउन ब्रान्ड बनेको ‘म यस्तो गीत गाउँछु-२’ ले साउथ इन्डियन फिल्म र हिन्दी फिल्मलाई टक्कर दिने आश गरिए पनि फिल्म रिलिज हुनु अगाडि अभिनेता पल शाह नाबालिका बलात्कारको केसमा परेकाले फिल्म संकटमा परेको छ।

भारतमै पछिल्लो समय साउथ इन्डियन फिल्मले क्रेज बढाइरहेको छ। हिन्दी फिल्म मेकर समेत पछिल्लो समय साउथ इन्डियन फिल्ममा लगानी गर्न थालेका छन्।

क्राइम थ्रिलर कथामा आधारित भालिमाई बोनी कपुरले निर्माण गरेका हुन्। प्रेम कथामा आधारित ‘म यस्तो गीत गाउँछु-२’ को निर्माता पुजा आफै हुन्। पलको कारण उनी संकटमा परेकी छिन्।

सँगै गंगुबाई पनि रिलिज हुने भएपनि साउथ फिल्म भलिमाई हावी देखिन्छ। बोनी कपुर अनी अजित कुमारको क्रेजका कारण नेपाली बजार कता पल्टिन्छ भन्न सक्ने अवस्था देखिन्न।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट