

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवन पुगेर प्रचण्डले ओलीलाई यस्तो प्रस्ताव राखेका हुन् ।
उनले त्यस्तो खालको प्रस्ताव राखेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘तपाईं प्रधानमन्त्री भइदिनुस् हामी सहयोग गर्छौ प्रचण्डजीको प्रस्ताव छ,अहिले हामी प्रधानमन्त्रीभन्दा पनि मुलुकलाई निकास दिनतर्फ केन्द्रित छौं।’
अहिले एमसीसीको विषयलाई लिएर देशको राजनीति उथलपुथल भइरहेको छ । एमसीसीमा सत्ता गठबन्धनका नेताहरुको विचार नमिलेसंगै गठबन्धनसमेत धरापमा परिसकेको छ ।