अमेरिकी आँकलन– किभ ९६ घन्टामा ढल्न सक्ने-Sutra News

अमेरिकी आँकलन– किभ ९६ घन्टामा ढल्न सक्ने

शुक्रबार, १३ फाल्गुन २०७८

शुक्रबार, १३ फाल्गुन २०७८

युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ । बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको छ । एउटा मिसाइललाई देशको रक्षा प्राणालीले बिफल पारिदिएको बताएको छ ।



तर, अर्को मिसाइलले आवासीय भवनमा क्षति भएको छ । युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ । किभ ९६ घन्टामा ढल्ने र एक सातामा सरकार भत्किने अमेरिकी सुरक्षा अधिकारीहरुले आँकलन गरेका छन् ।

रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई नियन्त्रणमा लिएको छ । भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन् । यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ । रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका वासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट