अबदेखि बिदेश जाने कामदाहरुको पिसीआर परिक्षण नि:शुल्क-Sutra News

अबदेखि बिदेश जाने कामदाहरुको पिसीआर परिक्षण नि:शुल्क

शुक्रबार, १३ फाल्गुन २०७८

शुक्रबार, १३ फाल्गुन २०७८

बैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पिसीआर परिक्षण निशु:ल्क हुने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सक्रियतामा मन्त्री स्तरीय निर्णय गर्दै नि:शुल्क पिसीआर परिक्षणको व्यवस्था गरेको हो ।



संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुती दिने अभिप्रायले मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

अबदेखि सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि नि:शुल्क पिसीआर परिक्षण हुनेछ ।

तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट