बिहेको प्रस्ताव अस्वीकार गरेपछि महिलाको हत्या गर्ने युवकलाई मृत्युदण्डको फैसला-Sutra News

बिहेको प्रस्ताव अस्वीकार गरेपछि महिलाको हत्या गर्ने युवकलाई मृत्युदण्डको फैसला

शनिबार, १४ फाल्गुन २०७८

शनिबार, १४ फाल्गुन २०७८

पाकिस्तानमा एउटा अदालतले बिहेको प्रस्ताव अस्वीकार गर्ने एक युवतीको बलात्कार र हत्या गरेको ठहर गर्दै एक युवकलाई मृत्युदण्डको फैसला सुनाएको छ।



गत वर्ष जुलाई २० मा हत्या गरिएकी नूर मुकद्दम पाकिस्तानका एक भूतपूर्व कूटनीतिज्ञकी छोरी हुन्। उनी २७ वर्षकी थिइन्।

धनाढ्य परिवारका जाहिर जाफरले पीडित युवतीलाई कुटपिट तथा बलात्कार गरी पछि उनको हत्या गरेर शरीरबाट टाउको छुट्ट्याइएको थियो।

सीसीटीभी फुटेजमा मुकद्दमले भाग्ने प्रयास गरेको देखिन्छ। प्रहरीले गरेको अनुसन्धानमा उनले आफूलाई छोडिदिन आग्रह गरेको खुलेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट