घर व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन सकिनः अभिनेता पल-Sutra News

घर व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन सकिनः अभिनेता पल

आइतबार, १५ फाल्गुन २०७८

आइतबार, १५ फाल्गुन २०७८

अभिनेता पूर्ण बिक्रम शाह (पल)ले आफ्नो स्वास्थ्य बिग्रीएको र घर व्यवहार मिलाउनु पर्ने भएकाले प्रहरीसामु उपस्थित हुन नसकेको बताए छन् । उनले सामाजिक संजालमार्फत शुक्रबारदेखि प्रदर्शनमा आएको आफुले अभिनय गरेको ‘म यस्तो गित गाउछु २’ फिल्मलाई असर नपरोस् भनेरसमेत प्रहरीसामु उपस्थित हुन नसकेको उल्लेख गरेका छन् ।



आफ्नो सबै व्यवहार मिलाईसकेको संकेत गरेका पलले नेपालको कानुनलाई सम्मान गर्दै आजै नेपाल प्रहरीसामु स्वयम उपस्थित हुने जानकारी जानकारी दिएका छन् ।

उनले भनेका छन्– ‘मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ूम यस्तो गित गाउछु २ू गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ।’

केहिदिन अघि अभिनेता पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा उजुरी दायर भएको थियो । गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उजुरी दर्ता भएपछि पल फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट