भारतमा नेपाली युवा पक्राउ-Sutra News

भारतमा नेपाली युवा पक्राउ

आइतबार, १५ फाल्गुन २०७८

आइतबार, १५ फाल्गुन २०७८

भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।



मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारको र्‍याकेट चलाएको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सो सैलुनभित्र देह व्यापार चलिरहेको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट