२४ घण्टामा १११ कोरोना संक्रमित थपिए, ४१५ जना संक्रमणमुक्त-Sutra News

२४ घण्टामा १११ कोरोना संक्रमित थपिए, ४१५ जना संक्रमणमुक्त

आइतबार, १५ फाल्गुन २०७८

आइतबार, १५ फाल्गुन २०७८

नेपालमा पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय १० जनाको नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।



यसैगरी सोही समयमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट