बजारमा यस्तो आयो फिल्म ‘हेल्लो जिन्दगी’ को ट्रेलर-Sutra News

बजारमा यस्तो आयो फिल्म ‘हेल्लो जिन्दगी’ को ट्रेलर

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

फिल्म ‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट १४ सेकेन्डको ट्रेलरमा एक्सन, प्रेम लगायत फिल्मको केही दृष्य समेटिएको छ । फिल्म एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सनविक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, विक्रान्त बस्नेत लगायतको पनि अभिनय छ । फिल्मको नेपाल र लण्डनमा छायाङ्कन भएको हो ।



सविता गुरुङ सह–निर्माता र हिराल जोशी र बिक्रम डि जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सृजना जोशी महर्जन हुन् । फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीले लेखेका हुन् । फिल्ममा निर्देशक बोहोराकै शब्द, राजनराज शिवाकोटी, एलिस कार्कीको संगीत र बिष्णु देवाको कोरियोग्राफी छ ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ सत्य घटनाबाट प्रेरित भएर निर्माण गरिएको निर्देशक बोहराले बताए । फिल्म ११ चैत्रमा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट