आगामी जेठ २० गते चलचित्र ‘म’ रिलीज हुने-Sutra News

आगामी जेठ २० गते चलचित्र ‘म’ रिलीज हुने

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’को २०७९ जेठ २० गते रिलीज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलीजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका तथा एफडीले उपत्यका बाहिर चलचित्र रिलीज गर्नेछन् ।



‘म’को निर्देशन समिक्षात्मक रुपमा सफल चलचित्र ‘सुनगाभा’का निर्देशक सुर्वण थापाले गरेका छन् । यस चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् ।

चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेका छन् । फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको र सफल चलचित्र ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’मा केहि नयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट