देशैभर १८० कोरोना संक्रमित थपिए-Sutra News

देशैभर १८० कोरोना संक्रमित थपिए

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट