रुस र युक्रेनबीच शान्तिवार्ता सुरु, युद्ध अन्त्य गर्ने विषयमा छलफल हुँदै-Sutra News

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु, युद्ध अन्त्य गर्ने विषयमा छलफल हुँदै

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

रुस र युक्रेनबीचको शान्तिवार्ता सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल सुरु भएको बीबीसीले जनाएको छ ।  युद्ध अन्त्य गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ ।



युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएको बीबीसीले उल्लेख गरेको छ । शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट