आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभ छोड्न भारतको अनुरोध-Sutra News

आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभ छोड्न भारतको अनुरोध

मंगलबार, १७ फाल्गुन २०७८

मंगलबार, १७ फाल्गुन २०७८

भारतले आफ्ना नागरिकहरुलाई आजै (मंगलबार) राजधानी किभ छोड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो ।



‘रेल वा अन्य उपलब्ध अन्य माध्यममाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ । ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ । विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत ।’ युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट