युक्रेनी राष्ट्रपतिले श्रद्धान्जली दिएका युक्रेनका १३ सेना जिवितै-Sutra News

युक्रेनी राष्ट्रपतिले श्रद्धान्जली दिएका युक्रेनका १३ सेना जिवितै

मंगलबार, १७ फाल्गुन २०७८

मंगलबार, १७ फाल्गुन २०७८

युक्रेनको जलसेनाले रुसी आक्रमणको पहिलो दिन ज्मीन्यी (स्नेक) आइल्यान्ड भनिने टापुको प्रतिरक्षा गर्ने क्रममा ज्यान गुमाएको ठानिएका १३ जना सैनिक जीवितै रहेको बताएको छ ।



सिपाहीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका अडिओ रेकर्डिङ्गमा ती सीमा रक्षकहरूले रुसी युद्धपोतलाई आक्रमणको चेतावनीको बदलामा अश्लील गाली गरेको सुनिएको थियो।

त्यस्तो अडिओ बाहिरिएपछि युक्रेनका राष्ट्रपतिले ती ज्यान गुमाएका भन्ने विश्वास गरिएका सीमा रक्षकहरूलाई मरणोपरान्त सम्मान दिएका थिए।

अडिओमा सुनिएको बोलीलाई उनीहरूको अन्तिम शब्दहरूका रूपमा व्याख्या गरिएको थियो। त्यहाँ प्रयोग गरिएको दुर्वचन तत्काल युक्रेनियन सामाजिक सञ्जाल प्रयोगकर्ताहरू माझ व्यङ्ग्यात्मक सामाग्रीको विषय बन्यो।

रुसले त्यस समय त्यो टापुमा रहेका युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेका बताएको थियो।

सोमबार युक्रेनको जलसेनाले एक फेसबुक पोस्टमार्फत “हाम्रा दाजुभाइ जीवित र स्वस्थ छन्” भन्ने जानकारी सार्वजनिक गरेको थियो।

स्नेक टापुका सीमा रक्षक र मरीनहरूले “दुई पटक रुसी कब्जाकारीहरूलाई साहसका साथ विफल तुल्याए” तर उनीहरूले युद्ध जारी राख्न सकेनन् किनभने उनीहरूसँग गोला बारुद सकिएको थियो, पोस्टमा लेखिएको छ। बीबीसीको रिपोर्ट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट