२४ घण्टामा १२७ कोरोना संक्रमित थपिए, ३ जनाले ज्यान गुमाए-Sutra News

२४ घण्टामा १२७ कोरोना संक्रमित थपिए, ३ जनाले ज्यान गुमाए

बुधबार, १८ फाल्गुन २०७८

बुधबार, १८ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट