भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकियो, जिउँदै वा मृत ल्याउनेलाई १० लाख अमेरिकी डलर-Sutra News

भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकियो, जिउँदै वा मृत ल्याउनेलाई १० लाख अमेरिकी डलर

बिहिबार, १९ फाल्गुन २०७८

बिहिबार, १९ फाल्गुन २०७८

रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन् ।



रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउगरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन् । ‘रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु ।’ उनको सन्देशमा उल्लेख छ ।

उक्त सन्देशमा उनले ‘वान्टेड : डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियो : जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन) लेखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट