२४ घण्टामा १२६ कोरोना संक्रमित थपिए, ३८५ जना संक्रमणमुक्त-Sutra News

२४ घण्टामा १२६ कोरोना संक्रमित थपिए, ३८५ जना संक्रमणमुक्त

शुक्रबार, २० फाल्गुन २०७८

शुक्रबार, २० फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट