काठमाडौँ । नायिका रेखा थापाले प्रहरीमा उजुरी दिएकी छन् । युट्युबमा तथानाम गाली गलौज र बेइजती गरिएको भन्दै प्रहरीमा उजुरी परेको हो ।
अभिनेत्री थापाकोतर्फबाट उनकी दिदी तारा राणाले ‘ए वान’ मिडियाविरुद्ध भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएको बताइएको छ ।
पल शाह प्रकरणबारे सामाजिक सञ्जालमा आफ्नो भनाई राखेसंगै थापालाई पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ।