पाकिस्तानको शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु -Sutra News

पाकिस्तानको शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु 

शुक्रबार, २० फाल्गुन २०७८

शुक्रबार, २० फाल्गुन २०७८

पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।



शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा परी दर्जनौं घाइत भएका छन् ।

उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु अस्पताल तर्फ पठाइएको छ ।

स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट