रुसले गरेन युद्धविराम लागू-Sutra News

रुसले गरेन युद्धविराम लागू

शनिबार, २१ फाल्गुन २०७८

शनिबार, २१ फाल्गुन २०७८

रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ ।



स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन् ।

रुसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको आरोप लागेको छ । उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा युद्ध भइरहेको जनाइएको छ ।

उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन् ।

त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट