ओलीको एमालेले झन् दुख दियो, ‘अर्ली इलेक्सन’मा जानुपर्यो- माधव नेपाल-Sutra News

ओलीको एमालेले झन् दुख दियो, ‘अर्ली इलेक्सन’मा जानुपर्यो- माधव नेपाल

आइतबार, २२ फाल्गुन २०७८

आइतबार, २२ फाल्गुन २०७८

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका छन् ।



आइतवार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

‘एमालेले संसद चल्न नदिएर हामीलाई दुःख दिइरहेको छ’, उनले भने, ‘अझै पनि यस्तो अन्त्य नहुने हो भने संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्छ।’

ओलीले आफूहरूलाई हैरान पारेको भन्दै उनले प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानु उपयुक्त हुने बताए । ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्ता मात्रै खाने, हामीलाई हैरान पार्ने, संसदमा केपी ओलीको बितण्डा कति सहने ?’-माधवको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट