नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखला खेल्ने भएको छ ।
टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले चैत ११ र १२ गते पीएसनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ ।
त्यसपछि नेपालले त्रिवि क्रिकेट मैदानमै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । त्रिदेशीय शृखंला भने चैत १४ गतेबाट २१ गतेसम्म हुने क्यानले जनाएको छ ।
नेपाली क्रिकेट टोली अहिले श्रीलंकामा छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलंका गएको हो । श्रीलंकाले नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाल यूएई जानेछ ।