चिनियाँ मोबाइल निर्माता कम्पनी रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी भी २५ सार्वजनिक गरेको छ । शुक्रबारदेखि बजारमा उपलब्ध यो फोन १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । जसमा कम्पनीले सात जीबी सम्मको र्याम थप गर्नसक्ने सुविधा दिएको छ । यसको अर्थ प्रयोगकर्ताले यो फोनमा १९ जीबीसम्मको र्याम प्रयोग गर्न सक्नेछन् ।
साथै फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । ब्याट्रीलाई यतिसम्म टिकाउ बनाइएको छ कि प्रयोगकर्ताले लगातार ४९ घण्टासम्म फोन गर्न, ९० घण्टा सम्म गीत बजाउन तथा साढे १५ घण्टा सम्म लगातार अनलाइन च्याट गर्न सक्ने कम्पनीको दाबी छ । फोनमा १२० हर्जको रिफ्रेश रेट सहित ६.६ इन्चको फुल एचडी एलसीडी स्क्रिन छ ।
फोटो पारखीको लागि फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, दुई मेगापिक्सेलको डेप्थ सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । सनराइज ब्लु, अरोरा ग्रिन र मिडनाइट ब्ल्याक कलरमा उपलब्ध यो फोनको मूल्य १,९९९ चिनिया येन (करिब ३९,००० रुपैयाँ) रहेको छ । टेकपाना