कलाकार संघद्वारा कोषाध्यक्ष कटुवाललाई परेको पितृशोकप्रति समवेदना प्रकट-Sutra News

कलाकार संघद्वारा कोषाध्यक्ष कटुवाललाई परेको पितृशोकप्रति समवेदना प्रकट

बुधबार, २५ फाल्गुन २०७८

बुधबार, २५ फाल्गुन २०७८

अभिनेता, समाजसेवी तथा नेपाल चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवालका ८६ वर्षीय बुवा सुर्दशन कटुवालको फाल्गुण १४ गते भएको असामयिक निधनले कलाकार संघ परिबार मर्माहित भएको जनाएको छ ।



संघका अध्यक्ष रबिन्द्र खड्काले शोक बक्तव्य जारी गर्दै स्व.सुदर्शन कटुवाल केही महिना अघि देखि अस्वस्थ भएको बताउँदै कटुवाल परिवारमा पर्न गएको अप्रत्याशित शोक र पिडामा कलाकार संघले समवेदना प्रकट गर्दै १३ दिनको पुण्य तिथीको अवसरमा कटुवालमा हार्दिक श्रद्धाजलि ब्यक्त गरेको छ ।

सामाजिक कार्यमा सक्रिय स्व.कटुवालको परिवारमा चार जना छोरा बशन्त, सहदेव, सुनिल र सविन छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट