काठमाडौं, २५ फाल्गुन- हिमाअस एजुकेशन कन्सल्टेन्सी अन्तरगत रहेको टेस्ट सेन्टर नेपालको ब्राण्ड एम्बेसडरको रुपमा अभिनेत्री मल्लिका महत रहने भएकी छन् । अभिनेत्री महतसँग कम्पनीले एक बर्षको लागि सहमति गरेको हो ।
ब्राण्ड एम्बेसडर भैसकेपछि अभिनेत्री महत कम्पनीको सम्पुर्ण प्रचार सामाग्रीमा देखिनेछिन् । टेस्ट सेन्टर नेपालले विद्यार्थीहरुको विभिन्न शैक्षिक जाँचहरु लिनुका साथै उनीहरुका लागि तयारी कक्षाहरु पनि संचालन गर्दै आएको छ ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि आवश्यक आईएलटिएस, पीटिई, टोफल जस्ता तयारी कक्षाका साथै जाँच पनि यो सेन्टरबाट हुन्छ । खासगरि विद्यार्थीहरुमाझ गतिलो सेलिब्रिटी छवि बनाएकी महतलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेसँगै कम्पनीको बजार प्रबद्र्धनमा थप सहयोग हुने अपेक्षा गरेको कम्पनीका संचालक राजमान थकालीले बताए ।
“मल्लिका महत एउटा सेलिब्रिटी छवि भएकी अभिनेत्री हुनुसँगै एउटी विद्यार्थी पनि हुन् । उनीसँगको सहकार्य कम्पनीको लागि फलदायी हुने हामीले अपेक्षा गरेका छौँ ।” थकालीले भने । अभिनेत्री महत पनि एउटा गतिलो शैक्षिक परामर्श केन्द्र र प्रिपिरेशन सेन्टरसँग आबद्ध हुन पाउँदा आफुलाई खुशी लागेको बताउँछिन् ।
यो मेरो लागि पनि खुशीको कुरा हो । मैले मेरो तर्फबाट कम्पनीको प्रचार र बजार प्रबद्र्धनमा सहयोग पुग्ने सम्पुर्ण क्रियाकलापहरु गर्ने नै छु । उनले भनिन् । साथै उनले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श केन्द्र र तयारी कक्षा दिने संस्था रोज्न सुझाव पनि दिईन् ।
हिमाअस अन्तरगत रहेका काठमाण्डौ सहित नेपालका अन्य शहरहरुमा पनि टेस्ट सेन्टर नेपालले सेवा दिँदै आएको छ । काठमाण्डौ, पोखरा, ईटहरी, चितवन लगाएतका स्थानबाट विद्यार्थीहरुले हिमा अस र टेस्ट सेन्टर नेपालबाट पाउने सुविधा लिन सक्छन् ।