थप २२४ कोरोना संक्रमित, २५१ जना संक्रमणमुक्त-Sutra News

थप २२४ कोरोना संक्रमित, २५१ जना संक्रमणमुक्त

बुधबार, २५ फाल्गुन २०७८

बुधबार, २५ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना रहेका छन् ।

यही अवधिमा २५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट