जन्मदिनमा गायक शिशिर योगीको ‘बा…’ गीत सार्वजनिक-Sutra News

जन्मदिनमा गायक शिशिर योगीको ‘बा…’ गीत सार्वजनिक

बिहिबार, २६ फाल्गुन २०७८

बिहिबार, २६ फाल्गुन २०७८

काठमाडौँ – वरिष्ठ गायक शिशिर योगीले जन्मदिनको अवसरमा नयाँ गीत ‘बा…’ सार्वजनिक गरेका छन् । शिशिरकै स्वर \ संगीतमा रहेको गीतमा कबि अर्जुन पराजुलीको शब्द रचना छ । संगीत संयोजन बि.बि. अनुरागी र ध्वनि सम्पादन श्यामश्वेत रसाईलीको रहेको छ ।



‘आमा आमा भन्छन् सबै बा तिम्लाई देख्दैन कोही, आमाको त सबले लेख्छन् बा को कथा लेख्दैन कोहि’

उमेरले पाँच दशक पार गर्नुभएका गायक शिशिरको सार्वजनिक ‘बा…’ गीतमा जन्मदिने बुबा प्रतिको मायालाई देखाउन खोजिएको छ । ‘आमा आमा भन्छन् सबै बा तिम्लाई देख्दैन कोही, आमाको त सबले लेख्छन् बा को कथा लेख्दैन कोहि’ लगायतका मनछुने शब्द गीतमा रहेको छ ।

गीतको भिडियोमा पनि गायक शिशिरलाई नै देख्न सकिन्छ । भिडियोको छायांकन, निर्देशन र सम्पादन बिरेन्द्र भाट ‘विपिन’ले गरेका छन् । वल्र्ड कभर मिडियाको प्रोडक्सनमा तयार भएको गीतको भिडियो गायक शिशिर योगीकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

हेर्नुस् भिडियो –

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट