नयन राज पाण्डेको चर्चित नोवेल “लू” को अब चलचित्रमा-Sutra News

नयन राज पाण्डेको चर्चित नोवेल “लू” को अब चलचित्रमा

बिहिबार, २६ फाल्गुन २०७८

बिहिबार, २६ फाल्गुन २०७८

काठमाडौँ – नयन राज पाण्डेको चर्चित नोवल “लू” अब चलचित्र बन्ने भएको छ | चलचित्र “लू” मा पटकथा ( स्क्रिन प्ले ) पनि लेखक नयन राज पाण्डेको रहनेछ ।



कारो फिल्म्सको निर्माणमा बन्न लागेको चलचित्र ” लु ” अब केहि समयपछि छायांकनमा जाने निर्माण टिमले बताएको छ |

क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रा.लि.की प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डे बीच चर्चित नोवल “लू” को प्रतिलिपि अधिकार हस्तान्तरण भएको छ ।

नेपालमा उच्च गुणस्तर र ठूलो लगानीमा चलचित्रहरु निर्माण गर्ने साथै नयाँ अत्याधुनिक प्रबिधिको फिल्म निर्माण सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको कारो फिल्म्स प्रा.लि.की प्रबन्ध निर्देशक खरेलले जानकारी दीइन् |

उनले भनिन् “आगामी दिनमा विभिन्न वेव सिरिज, रियालिटी शोहरु निर्माण गर्ने कारो फिल्म्सको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट