काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संखुवासभाको मादीमा भएको बस दुर्घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् ।
‘संखुवासभाको मादीमा भएको बस दुर्घटनाले मर्माहित भएको छु । दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु’ प्रधानमन्त्री देउवाले बिहीबार साँझ ट्वीटमा उल्लेख गरेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री देउवाले बताएका छन् ।
बिहीबार बिहान मादीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने पाँच जना गम्भीर घाइते भएका थिए।