ऋषि कपूरको अन्तिम फिल्म हलमा नआउने, रिलिज मिति घोषणा-Sutra News

ऋषि कपूरको अन्तिम फिल्म हलमा नआउने, रिलिज मिति घोषणा

शुक्रबार, २७ फाल्गुन २०७८

शुक्रबार, २७ फाल्गुन २०७८

काठमाडाैं – अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म मार्च ३१ मा रिलिज हुने घोषणा गरेका हुन् । यद्दपी फिल्म हलमा नभई ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुन् लागेको छ ।



हितेश भाटियाले निर्देशन गरेको यसफिल्ममा ऋषिसँगै परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ । फिल्म छायांकनमै रहदा ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको थियो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट