रसुवागढी नाकाबाट आयात बढाउन चीन-नेपाल सहमत-Sutra News

रसुवागढी नाकाबाट आयात बढाउन चीन-नेपाल सहमत

शुक्रबार, २७ फाल्गुन २०७८

शुक्रबार, २७ फाल्गुन २०७८

रसुवा, २७ फागुन -चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो ।



भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात बढाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउने उनले बताए । अहिले नाकाबाट दैनिक नाै वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ ।

कोभिड–१९ को प्रभाव चीन र नेपाल लगायत विश्वभर नै न्यून हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले नाका कोभिड पूर्वको अवस्थामा नै सञ्चालन गर्ने विषयमा छलफल गरिएको उनले बताए ।

नेपाली पक्षले नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो । यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट