एसएस राजामौलीलाले हेरे प्रभासको राधे श्याम, दिए यस्तो प्रतिक्रिया-Sutra News

एसएस राजामौलीलाले हेरे प्रभासको राधे श्याम, दिए यस्तो प्रतिक्रिया

शुक्रबार, २७ फाल्गुन २०७८

शुक्रबार, २७ फाल्गुन २०७८

काठमाडाैं – प्रभास यो समयमा साउथ इन्डियन फिल्मका दर्शक मात्र होइन, विश्वभर परिचित अभिनेता बनिसकेका छन् । यसको श्रेय जान्छ, निर्देशक एसएस राजामौलीलाई ।



राजामाैली निर्देशित बाहुबली सिरिजमार्फत प्रभासले आफ्नो परिचय फैल्याउन सफल भए । बाहुबलीपश्चात प्रभासको फ्यान फ्लोइङ यसरि बढ्यो कि त्यसको हिसाब नै छैन । यिनै प्रभासले साहोपछि अभिनय गरेको फिल्म राधेश्याम शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

प्रदर्शनअगावै गरिएको स्पेसल शोमा फिल्म हेर्ने निम्तो पाएर निर्देशक राजामौली पनि पुगेका थिए । प्रभासको निम्तोमा फिल्म हेर्न पुगेका राजामौलीले के प्रतिक्रिया दिए ? यो जिज्ञासा धेरैमा छ ।

भारतीय मिडियाका अनुसार निर्देशक राजामौलीले फिल्म हेरेपछि केही सुधार गर्न आग्रह गरेका छन् । यस्तै उनले फिल्मलाई नराम्रो प्रतिक्रिया दिए पनि राम्रो भन्न नसकेको भारतीय मिडियामा उल्लेख छ ।

यसको आधारमा फिल्म ठीकठाक मात्र रहेको हुन सक्ने अनुमान भारतीय मिडियाले गरेका छन् । फिल्ममा प्रभासले पूजा हेगडेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट