काठमाडौँ – नेपाल आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी उमेशप्रसाद थानीले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गरेको हो ।
निगमको कार्यकारी निर्देशक छनोटका लागि चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरिएको थियो । जसमा थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेकोमा १६ जनाको दरखास्त स्वीकृति भएको थियो ।