पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ, लाग्यो यस्तो आरोप-Sutra News

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ, लाग्यो यस्तो आरोप

शुक्रबार, २७ फाल्गुन २०७८

शुक्रबार, २७ फाल्गुन २०७८

काठमाडौं – एक नाबालिगलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आरोपी शाहका लागि मतियारको काम गरेको भन्दै जोशीलाई नियन्त्रणमा लिएको हो ।



जोशीलाई घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगको ज्यान लिनेसम्मको धम्की दिएको लगायतमा संलग्न रहेको आरोपमा शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

शाहविरुद्ध प्रहरीमा जाहेरी परेपछि एक युट्युब च्यानलमार्फत जोशीले नाबालिगसँग मिलेर आफूहरूले शाहलाई फसाउने र शाहको ज्यान दिने समेत योजना बनेको कुरा खुलाएका थिए । जोशीले नाबालिगलाई जाहेरी नगर्दा धम्क्याउने गरेको पनि बतायएको छ ।

आरोपी शाहलाई तनहुँ र नवलपरासी प्रहरीले नाबालिगको बलात्कार गरेको आरोपमा पक्राउ गरी अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट