पार्टीभित्रको छलफलमा एमसीसी फेल भए राजीनामा दिने प्रचण्डको भनाई-Sutra News

पार्टीभित्रको छलफलमा एमसीसी फेल भए राजीनामा दिने प्रचण्डको भनाई

आइतबार, २९ फाल्गुन २०७८

आइतबार, २९ फाल्गुन २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका छन् । आइतबार विराटनगरमा पुगेका प्रचण्डले सो कुरा गरेका हुन् ।



पार्टी भित्र एमसीसीबारे चुनावपछि छलफल हुने भन्दै प्रचण्डले यदि छलफल फेल भएमा राजीनामा दिने पनि बताए । एमसीसी बारे पार्टीभित्र मतभेद कायमै रहेको र यो समाधान हुने बताए ।

उनले भने हाम्रो पार्टीभित्र मतभेद कायम नै छ। चुनावसम्म यो विषयमा एउटै विचार बनाउने र निर्वाचनपछि फोरम चलाएर छलफल गर्ने भनेका छौं। स्थानीय तहको चुनावपछि पार्टीमा एमसीसी बारे छलफल हुन्छ। छलफलमा एमसीसी फेल भए राजीनामा दिन्छु।

उनले व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनको रुपमा जानेमा विश्वास रहेको पनि बताए । उनले एमाले अझै पनि संसद विघटन गराउन चाहने आरोप पनि लगाए ।

एमालेको संसद विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाए । उनले अबको चुनावको लागी पार्टी जनताको घरघरमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट