माओवादी नेता-कार्यकर्ताले प्रकाश सपुतको भिडियोमा नदेखेका यी राम्रा पक्षहरु-Sutra News

माओवादी नेता-कार्यकर्ताले प्रकाश सपुतको भिडियोमा नदेखेका यी राम्रा पक्षहरु

आइतबार, २९ फाल्गुन २०७८

आइतबार, २९ फाल्गुन २०७८

काठमाडौं । माओवादी केन्द्रका नेता र विधार्थीहरु अहिले प्रकाश सपुतको नयाँ गीत ‘पिर’ को भिडियोलाई लिएर आक्रोशित छन् । माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको गीतको भिडियोलाई लिएर माओवादीका नेताहरुले चर्को विरोध जनाईरहेका छन् ।



प्रकास सपुतको ‘पिर’ गीतको भिडियोलाई युट्युबमा मात्र २४ घण्टा मै १० लाख बढीले हेरिसकेका छन् भने फेसबुक तिर पनि उस्तै रुपमा हेरिएको छ । प्रकास सपुतको यो गीतको भिडियोलाई हटाउन माओवादीका नेताहरुले दबाब दिइरहेका छन् जसको कारण यसको भ्युज बढ्दो छ ।

प्रकास सपुत आफैले लेखेको कथामा यो भिडियो तयार पारेका छन् । भिडियोको निर्देशन समेत आफैले गरेका छन् गायक सपुतले । यस भिडियोमा माओवादी जनयुद्धमा लडेका छापामार जोडीको मार्मीक कथा देखाईएको छ जसले धेरैलाई रुवाएको समेत प्रतिक्रिया आएको छ । माओवादी जनयुद्धले देशमा गणतन्त्र आएपछि ठूला नेताहरुको जीवनशैली भने परिवर्तन भयो तर सहभागी छापामारहरु भने अझै यही समाजमा हातमुख जोड्न लडिरहेको कथालाई चित्रण गरिएको छ ।

यस भिडियोले माओवादी जनयुद्धमा लडेका छापामारहरुको देश प्रतिको भावनालाई निश्चल देखाईएको छ जुन एक सुन्दर पक्ष हो ।

यस भिडियोमा देखाईएको कथामाथि माओवादी नेताहरुले प्रश्न माथी प्रश्न तेर्साएका छन् । प्रकास सपुतले माओवादी जनयुद्धमा सहभागीहरुलाई नराम्रोसंग चित्रण गरिएको भन्दै विरोध जनाईरहेका छन् । यस भिडियोमा जनयुद्धमा सहभागी एक महिला अहिले आफ्नो जीवन चलाउन देह व्यापार गरेको देखाईएको छ जस माथि माओवादी नेताहरु खनिएका छन् । के माओवादी जनयुद्ध र यसको उपलब्धीमाथि अपव्याख्या भएन भन्दै गायक सपुतमाथि आक्रोशित छन् । माओवादीको आन्दोलन कै कारण गणतन्त्र आएको तर अहिले प्रकास सपुतले त्यो आन्दोलनलाई अपव्याख्या गरेर माओवादी कार्यकर्ताको चित्त दुखाएको गुनासो सामाजीक संजालमा पोखिन थालेको छ ।

प्रकास सपुतको भिडियोले जनयुद्धको अपव्याख्या भने गरेको देखिदैन । जनयुद्धमा सहभागी केही छापामारहरुको कथालाई मात्र प्रस्तुत गर्न खोजेका छन् प्रकास सपुतले । हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छन त्यस्तै जनयुद्धमा सहभागी केही पात्रहरुको पक्षलाई प्रस्तुत गरेका छन् । नेपालको राजनीतिक अवस्था र जनयुद्धले प्राप्त गरेको गणतन्त्रले जनताले के पाए जसका कारण हात मुख जोड्न सहज भएको छ भन्ने प्रश्न उठाउन खोजेको पाईन्छ यस भिडियोमा । मायाको पनि राम्रो र नराम्रो पक्ष हुन्छ तर प्राय गीतहरुमा मायामा पाएको धोका र वियोगका कुराहरु मात्र रुचाउने गरिएको छ । तर त्यो हो भन्दैमा मायामा पिडा नै हुन्छ भन्न खोजिएको त होईन नि भन्ने बुझ्न जरुरी छ ।

आफूसंगै जनयुद्धमा लडेको नेता ठाउँमा हुँदा पनि आफ्नो स्वार्थको लागि हात नजोडेको छापामारहरुको पवित्र भावना देखाईएको छ । शिर्ष नेताहरु अझै पनि देशको लागी काम गर्दै होलान् भन्ने विश्वासमा आफ्नो गुजारा चलाउन सानोतिनो काम गरेको तर हात जोड्न नगएको देखाईएको छ जुन माओवादी कार्यकर्ताहरुको राम्रो पक्ष प्रस्तुत गरिएको छ ।

प्रकास सपुतको भिडियोमा माओवादी नेताहरुले नराम्रो पक्षहरु मात्र केलाएको देखियो तर राम्रो पक्षहरुलाई ध्यान नदिएको देखिन्छ । यस भिडियोले माओवादी जनयुद्धमा लडेका छापामारहरुको देश प्रतिको भावनालाई निश्चल देखाईएको छ जुन एक सुन्दर पक्ष हो । प्रकास सपुतले माओवादी केन्द्रका शिर्ष नेताहरु पावरमा पुगेपछि आफूलाई सहयोग गरेका छापामारहरुलाई वेवास्ता गरिएको देखाईएको छ । आउनुहोस चर्चा गरौँ यस भिडियोमा देखाईएको राम्रो पक्षको बारेमा :

माओवादी जनयुद्धमा सहाभागी एक महिलाले जीवन गुजारा गर्न देह व्यापार गरेको देखाईएको छ जसमा चर्को विरोध भएको छ । देह व्यापार गर्नुपर्ने वाध्यता र परिस्थिती नदेखाए पनि यो महिलामा अझै पनि माओवादी जनयुद्धको भावना मनमा रहेको देखाईएको छ । जब जनयुद्धमा सहभागी पुरुषले आफ्नो छापामार साथी देखेपछि पैसा दिएपनि सम्मान स्वरुप लाल सलाम गर्दै फर्केर जान्छ, त्यसले माओवादी छापामारहरु बीचको भावना अझै उस्तै बलियो र सदभावपूर्ण रहेको देखाउंछ जुन यो भिडियोको एउटा सुन्दर पक्ष हो ।

जनयुद्धमा सहभागी एक पुरुष बरु हरेक वर्ष आफ्नो व्यवसाय परिवर्तन गर्छ र दुख पाउँछ तर पैसा कमाउन आफ्नो देश छोडेर विदेश जादैन । देश र माटोप्रतीको यो भावना अझै बलियो रहेको प्रष्टाएको छ जुन अर्को सुन्दर पक्ष हो ।

महिला भने छोरीको भविष्य र श्रीमानको देश प्रतीको सम्मान देखेर श्रीमानलाई देश मै छोडेर आफू आत्तीएर वेदेशिएको देखाईएको छ । आफू वैदेशिक रोजगारीमा गएपनि श्रीमानलाई देशको चिन्ता गर्न भने रोकेकी छैनन् बरु आफू परिवारको लागि विदेश गएकी छिन् ।

आफूसंगै जनयुद्धमा लडेको नेता ठाउँमा हुँदा पनि आफ्नो स्वार्थको लागी हात नजोडेको छापामारहरुको पवित्र भावना देखाईएको छ । शिर्ष नेताहरु अझै पनि देशको लागी काम गर्दै होलान् भन्ने विश्वासमा आफ्नो गुजारा चलाउन सानोतिनो काम गरेको तर हात जोड्न नगएको देखाईएको छ जुन माओवादी कार्यकर्ताहरुको राम्रो पक्ष प्रस्तुत गरिएको छ ।

https://youtu.be/Gep3jLq32OI

यो पनि हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट