काठमाडौं सुरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को छायांकन सुरु भएको छ । फिल्म छायांकनको लागि निर्माण टिम आइतबार नै मुस्ताङ हिडेको छ ।
लेखक तथा निर्माता दिपेन्द्र के खनालका अनुसार सबैभन्दा पहिले फिल्मको गीतको छायांकन गरिनेछ । त्यसपछि बाकीँ दिन काठमाडौंमा छायांकन गरिनेछ ।
फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।
फिल्म आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई निरज पाण्डेले खिच्नेछन् ।