कलाकारको रकम सहकारीले ठगेकोप्रति कलाकार संघको ध्यानाकर्षण-Sutra News

कलाकारको रकम सहकारीले ठगेकोप्रति कलाकार संघको ध्यानाकर्षण

सोमबार, ३० फाल्गुन २०७८

सोमबार, ३० फाल्गुन २०७८

नेपाल चलचित्र कलाकार संघले वरिष्ठ चलचित्रकर्मी कलाकार वशुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह र अभिनेत्री अञ्जु कारंञ्जीतलगायतको करोडौँ रुपैंयाँ सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले डुबाएकोप्रति ध्यानाकृष्ट भएको जनाएको छ ।



लामो समयदेखि सो सहकारीमा रकम राखेर ब्याज मात्र लिएका कलाकारहरु ठगिएपछि दोषीलाई कार्वाही र फसेको रकम असुलउपर गराउन संघले सम्बन्धित निकायसँग माग गरेको ।

कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जारी गरेको प्रेस बिज्ञप्तिमा सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अक्षय कोषको रकम पनि राखिएको उल्लेख गरिएको छ । जसका कारण वर्षेनी १ लाख ५० हजारको पुरस्कार वितरण गरिँदै आएकोमा हाल सहकारीबाट रकम नपाएकाले पुरस्कार वितरण कार्यसमेत प्रभावित भएको संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट