चीनमा फेरि कोरोना त्रास, ३ करोड मानिस लकडाउनमा-Sutra News

चीनमा फेरि कोरोना त्रास, ३ करोड मानिस लकडाउनमा

मंगलबार, १ चैत्र २०७८

मंगलबार, १ चैत्र २०७८

कोरोना (कोभिड–१९)को बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोरानाका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ ।



सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो । मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ ।

कोरोनाबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ । मंगलबार यहाँ ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ ।

त्यस्तै ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका वासिन्दालाई घरमै बस्न भनिएको छ । १ करोड ७५ लाख मानिसहरुको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ । धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन् ।

उता चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ । बाँकी विश्वको धेरैजसो ठाँउमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि माहामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट