टेस्ट सेन्टरले बनायो अभिनेत्री मल्लिका महतलाई ब्राण्ड एम्बेसडर-Sutra News

टेस्ट सेन्टरले बनायो अभिनेत्री मल्लिका महतलाई ब्राण्ड एम्बेसडर

मंगलबार, १ चैत्र २०७८

मंगलबार, १ चैत्र २०७८

हिमाअस एजुकेशन कन्सल्टेन्सी अन्तरगत रहेको टेस्ट सेन्टर नेपालले अभिनेत्री मल्लिका महतलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । एक बर्षको लागि सम्पुर्ण प्रचार सामाग्रीमा देखिने गरी अभिनेत्री महतलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।



टेस्ट सेन्टर नेपालले विद्यार्थीहरुको विभिन्न शैक्षिक जाँचहरु लिनुका साथै उनीहरुका लागि तयारी कक्षाहरु पनि संचालन गर्दै आएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि आवश्यक आईएलटिएस, पीटिई, टोफल जस्ता तयारी कक्षाका साथै जाँच पनि यो सेन्टरबाट हुन्छ ।

खासगरि विद्यार्थीहरुमाझ गतिलो सेलिब्रिटी छवि बनाएकी महतलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेसँगै कम्पनीको बजार प्रबद्र्धनमा थप सहयोग हुने अपेक्षा गरेको कम्पनीका संचालक राजमान थकालीले बताए । थकालीले भने– ‘मल्लिका महत एउटा सेलिब्रिटी छवि भएकी अभिनेत्री हुनुकासाथै एउटी विद्यार्थी पनि हुन् । उनीसँगको सहकार्य कम्पनीको लागि फलदायी हुने हामीले अपेक्षा गरेका छौँ ।’

अभिनेत्री महत पनि एउटा गतिलो शैक्षिक परामर्श केन्द्र र प्रिपरेशन सेन्टरसँग आबद्ध हुन पाउँदा आफुलाई खुशी लागेको बताउँछिन् । यो मेरो लागि पनि खुशीको कुरा हो । मैले मेरो तर्फबाट कम्पनीको प्रचार र बजार प्रबर्धनमा सहयोग पुग्ने सम्पुर्ण क्रियाकलापहरु गर्ने नै छु । उनले भनिन् । साथै उनले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श केन्द्र र तयारी कक्षा दिने संस्था रोज्न सुझाव पनि दिईन् ।

हिमाअस अन्तरगत रहेका काठमाण्डौ सहित नेपालका अन्य शहरहरुमा पनि टेस्ट सेन्टर नेपालले सेवा दिँदै आएको छ । काठमाण्डौ, पोखरा, ईटहरी, चितवन लगाएतका स्थानबाट विद्यार्थीहरुले हिमा अस र टेस्ट सेन्टर नेपालबाट पाउने सुविधा लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट