२४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण, ४ दिनयता मृत्यु संख्या शून्य-Sutra News

२४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण, ४ दिनयता मृत्यु संख्या शून्य

मंगलबार, १ चैत्र २०७८

मंगलबार, १ चैत्र २०७८

चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।



मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार आठ सय ८४ नमूना परीक्षण गरिएकोमा जम्मा ८३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यस अवधिका एक सय ३० जना कोरोनामुक्त पनि भएका छन् ।

नेपालमा हाल चार हजार सात सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट